पछिल्लो २४ घण्टामा थप २१३ जना सङ्क्रमण, दुईको मृत्यु

पछिल्लो २४ घण्टामा थप २१३ जना सङ्क्रमण, दुईको मृत्यु

विराटनगर । पछिल्लो २४ घण्टामा २१३ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार १८० जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा २१३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, दुई हजार ४९७ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.९ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २८३ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी सोही अवधिमा दुई जना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५८५ पुगेको छ ।

यसैगरी, देशभर हालसम्म चार हजार ९०६ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ७६ हजार ३३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्