विराटनगरका समाजसेवी गोयलद्धारा विद्यार्थीलाई ट्रयाकसुट वितरण

<span class='c1'>विराटनगरका समाजसेवी गोयलद्धारा</span> <span class='c2'>विद्यार्थीलाई ट्रयाकसुट वितरण</span>

विराटनगर । वरिष्ठ उद्योग पति एवम् समाजसेवी दीनबन्धु गोयलले विद्यार्थीलाई ट्रयाकसुट बितरण गरेका छन् ।

विराटनगर–६ रामपुरस्थित जनचेतना आधरभूत विद्यालयमा अध्ययरत १ सय ८० जना विद्यार्थीहरूलाई जाडोमा लगाउने ट्रयाकसुट आइतबार एक कार्यक्रम आयोजना गरि वितरण गरिएको हो । दीनबन्धु गोयलका आफ्ना दाजु ओमप्रकाश गोयलका स्मृतिमा विद्यार्थीलाई जाडो न्यानो हुने ट्रयाकसुट वितरण गरेका थिए । कार्यक्रममा समाजसेवी गोयलले विपिन्न परिवारका सदस्यहरुलाई जाडोमा न्यानो पार्न ट्रयाकसुट सहयोग गरेको बताए ।

 

सामुदायिक विद्यालयका धेरै जसो विद्यार्थीको अवस्था दयनीय देखेर आफूले दाजुका स्मृतिमा जाडोको न्यायो कपडा पार्ने ट्रयाकसुट बितरण गरेको उनले बताए।


गोयलले दाजु ओमप्रकाश पनि सामाजिक सेवाको भावना रहेको उल्लेख गर्दै आफूले दाजुकै माध्यमबाट समाजसेवाको प्रेरणा प्राप्त भएको बताए । उनले असहाय र आवश्यक परेकालाई सबैले गच्छेअनुसार सहयोग गर्न सके समाज सुख, शान्ति र बन्धुत्वको भावना स्थापित हुने बताए । गोयलले यसअघि पनि विराटनगर–१९ मा रहेको जागृति आधरभूत विद्यालयमा अध्ययरत विपन्न १ सय २७ जना विद्यार्थीहरुलाई जाडाको न्यानो कपडा, जुक्ता र स्कूलको पोषक वितरण गरेका थिए ।

कार्यक्रममा विराटनगर ६ का वडाअध्यक्ष बिजय कामतले जनचेतना आधरभूत विद्यालयमा विपन्न परिवारका छोराछोरी पढने भएकोले जाडोमा न्यानो हुने ट्रयाकसुटले विद्यार्थीलाई धेरै ठूलो सहयोग मिलेको बताए । कार्यक्रममा विद्यालयका प्रधानध्यापक जयन्ती दास, व्यवस्थापन समितिका अध्यक्ष दिनेश कुमार कामतलगायतको उपस्थित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्