जनस्वास्थ्य संघलाई देखिने र सुनिने बनाईनेछ : प्रगतिशील प्यानल

जनस्वास्थ्य संघलाई देखिने र सुनिने बनाईनेछ : प्रगतिशील प्यानल

विराटनगर । नेपाल जनस्वास्थ्य संघको आगामी नेतृत्वका लागि प्रगतिशील प्यानलबाट उम्मेदवारी दिएका जनस्वास्थ्यकर्मीहरुले जनस्वास्थ्य संघलाई देखिने र सुनिने गरिको संगठन बनाउने बताएका छन् ।

वर्तमान नेतृत्वले नेतृत्वदायी भूमिका निर्वाह गर्न नसकेको भन्दै आगामी निर्वाचनबाट आफुहरु नेतृत्वमा आउने दाबी गर्दै प्रगतिशील प्यानलबाट अध्यक्षका उम्मेदवार वसन्त अधिकारीले देखिने संगठन बनाउने बताए । आईतबार विराटनगरमा उम्मेदवार परिचयात्मक कार्यक्रम सहित १९ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै उनले कोभिड–१९ को संक्रमणमा समयमा नेतृत्व चुकेको आरोप लगाए । उनले आफ्नो प्यानलका उम्मेदवार विजयी भए लगत्तै संगठनको धारणा सार्वजनिक .गरिने जानकारी दिए । उनले भने,‘ स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको दरवन्दी सिर्जना र यसका लागि पैरवी गरिने छ ।’

३० वर्षदेखि एउटै विचारधाराको नेतृत्व रहेका कारण जनस्वास्थ्य संघले गति लिन नसकेको उनले औंल्याए । संगठन विस्तारमा नेतृत्वको ध्यान पुग्न नसकेको अधिकारीले तर्क गरे । उनले आगामी निर्वाचनबाट चेनब्रेक हुने दाबी गरे । प्रगतिशील प्यानलमा अनुभवी व्यक्तिहरु रहेको उनको भनाई थियो । अधिकारीले भने,‘ यो टीम जनस्वास्थ्य संघलाई नेतृत्व गर्न सक्षम छ ।’

बहुमत सदस्यहरुको माया र जनस्वास्थ्यमा लामो समयदेखिको अनुभव लिएका व्यक्तिहरु प्रगतिशील प्यानलमा रहेकाले आफ्नो समूहको जित निश्चित भएको महासचिवका उम्मेदवार कैलाश खाकी श्रेष्ठले बताए । उनले प्रदेश १ बाट उम्मेदवार सहितको अभियान सुरुवात गरिएको जानकारी दिए ।

प्रगतिशील प्यानलबाट उपाध्यक्षमा सुदर्शन पौडेल, महासचिवमा कैलाश खाकी श्रेष्ठ, सचिवमा तेजप्रसाद दुलाल, कोषाध्यक्षमा डमरुप्रसाद पनेरु र सह–कोषाध्यक्षमा हईकली थापा छन् । आगामी पौष २४ गते हुने जनस्वास्थ्य संघको निर्वाचनले १५ सदस्यीय कार्यसमिति निर्वाचित गर्नेछ । मतदान ७ वटै प्रदेशका राजधानी र काठमाण्डौंमा गरिने व्यवस्था मिलाईएको छ । मतदानमा १ हजार ७१८ जना मतदाता रहेको बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्