सामाजिक विकास मन्त्री यादवद्धारा कोभिड अस्पतालको अनुगमन

<span class='c1'>सामाजिक विकास मन्त्री यादवद्धारा</span> <span class='c2'>कोभिड अस्पतालको अनुगमन</span>

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले विराटनगरस्थित कोशी अस्पताल अन्तर्गतको कोभिड–१९ उपचार केन्द्र अनुगमन गरेका छन् ।

कोभिड अस्पतालले दिईरहेको सेवा र आगामी दिनमा गर्नुपर्ने तयारीका विषयमा मन्त्री यादवले उपचार केन्द्रको अनुगमन गरेका हुन् । अनुगमनका क्रममा उनले कोभिड अस्पतालबाट प्रवाह हुने सेवाका बारेमा सेवाग्राहीबाट कुनैपनि गुनासो नआउने गरि काम गर्न निर्देशन पनि दिए । उनले भने, ‘प्रदेश सरकारबाट सञ्चालित कोभिड अस्पतालको सेवाका बारेमा कुनै गुनासो सुन्नु नपरोस् र गुणस्तरिय सेवा प्रदान होस् ।’
मन्त्री यादवले कोभिड संक्रमित बिरामीको उपचारमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी तथा व्यवस्थापकहरुको प्रशंसा समेत गरे । उनले कोभिड अस्पताल नजिकै निर्माण भईरहेको भवनको पनि अवलोकन गरे । ७६ बेडको नयाँ भवन निर्माण सम्पन्न भए लगत्तै कोभिड अस्पताललाई हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

सामाजिक विकास मन्त्री यादवलाई अस्पतालका संयोजक साहले अक्सिजन प्लान्ट जडानका लागि भवन माग गरेका थिए । अहिले एउटा प्लान्टबाट मात्रै अक्सिजन उत्पादन भईरहेको छ । दुईबाट प्लान्टबाट उत्पादन शुरु भएपछि दैनिक ३ सय सिलिन्डरमा रिफिल गर्न सकिने उपचार केन्द्रका संयोजक बैजनाथ साहले बताए ।

कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आईसीयु बेड २१, एचडियू ४७, अक्सिजन सहितको जेनरल बेड १५ र अक्सिजन बिनाको बेड १३ वटा रहेको छ । अस्पतालमा अहिले १० जना संक्रमितको उपचार भईरहेको जनाईएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्