भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि ९४ हजारले बुझाए विवरण

<span class='c1'>भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि</span> <span class='c2'>९४ हजारले बुझाए विवरण</span>

भक्तपुर । भक्तपुरमा राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन कार्य सुरु भएयता ९२ हजारभन्दा बढीले फोटोसहितको विवरण बुझाएका छन् ।

नेपाल सरकारको कार्यक्रमअनुसार जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाको चारवटै नगरपालिकामा सञ्चालन गरेको अभियानमा ९२ हजारभन्दा बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण बुझाएको र अभियान सम्पन्न हुने समयसम्ममा एक लाखभन्दा बढीले विवरण बुझाउने आकलन गरिएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिनुभयो ।

हाल जिल्लाको चाँगुनारायण नपामा विवरण सङ्कलन कार्य सम्पन्न भइसकेको छ भने सूर्यविनायक र भक्तपुर नगरपालिकाका केही वडास्तरमा विवरण सङ्कलनको कार्य भइरहेको छ । यही पुस १२ गतेदेखि मध्यपुरथिमि नगरपालिकामा विवरण सङ्कलन अभियान सुरु भएको छ ।

प्रजिअ शर्माका अनुसार जिल्लाका चार नगरपालिकाका वडास्तरमा ७६ वटा विवरण सङ्कलन स्टेशन सञ्चालन गरी राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम गरिएको छ । प्रत्येक स्टेशनमा फोटो खिच्न दुईवटा क्यामेरा, दुई कम्युटरसहित दुई जना कम्प्युटर अपरेटर, एक जना रुजु अधिकारी र आवश्यकतानुसार सहयोगी कर्मचारी गरी दुई जना कर्मचारी खटाइएको छ ।

राष्ट्रिय परिचयपत्र कार्यान्वयन आएपछि राहदानी, नागरिकता, सवारी चालक अनुमतिपत्र, जग्गाधनी प्रमाण पुर्जालगायत व्यक्तिका अन्य विवरण यही परिचयपत्रमा समावेश हुने भएकाले महत्वपूर्ण यो अभियानलाई सफल पार्नुपर्ने उहाँले बताउनुभयो । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अहिले आफ्नो नगरपालिकामा अभियान भएको र आगामी २६ गतेसम्म विवरण सङ्कलन गरिने भएकाले यसलाई सफल बनाउन नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो ।

जिल्लामा यही पुस २६ गते विवरण सङ्कलन अभियान सम्पन्न गरिने जानकारी दिँदै प्रजिअ शर्माले वडास्तरमा राष्ट्रिय परिचयपत्रको विवरण बुझाउने अभियान सम्पन्न भए पनि जिल्ला प्रशासन कार्यालयमा नियमितरूपमा विवरण बुझाउने व्यवस्था गरिएकाले छुटेकाले त्यहाँबाट बुझाउन सक्ने जानकारी दिनुभयो । जिप्रकाले नागरिकता बनाउन आउनेहरूको भने कार्यालयमै परिचयपत्रको विवरण भराउने गरेको छ । सरकारले राहदानी लिन अनिवार्यरूपमा राष्ट्रिय परिचयपत्रको नम्बर राख्नुपर्ने व्यवस्था गरेपछि विवरण बुझाउनेको चापसमेत बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्