‘टान’को ४३ औँ अधिवेशन माघ २८ गते हुने

<span class='c1'>‘टान’को ४३ औँ अधिवेशन</span> <span class='c2'>माघ २८ गते हुने</span>

पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ नेपाल ९टान०को ४३औँ वार्षिक साधारणसभा एवं अधिवेशन आगामी माघ २८ गते हुने भएको छ ।

टानको भर्खरै बसेको केन्द्रीय कार्यसमितिको बैठकले आगामी माघ २८ ९फ्रेबुबरी ११० मा अधिवेशन गर्ने निर्णय गरेको हो । टानका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको ४२ तथा ४३औँ साधारणसभा तथा अधिवेशन माघ २८ गते गर्न लागिएको जानकारी दिनुभयो । वि.सं २०३५ मा स्थापना भएको टानमा हाल देशभर दुई हजारको हाराहारीमा पर्यटन व्यवसायी आवद्ध छन् ।

नेपालको पद्यात्रा तथा पर्वतारोहणको क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको टानले कोरोनाको समयमा सरकार र निजी क्षेत्रबीच कोरोनाकाबीच विभिन्न पर्यटन ऐनलगायत विदेशी पर्यटकलाई सहजीकरणको भूमिका प्रदान, टान फुड बैंक स्थापना, पर्यटन श्रमिकलाई पर्यटन बोर्डमार्फत रोजगारी सिर्जाना, व्यवसायी तथा ट्रेकिङ गाइडलाई क्रेडिट कार्डको सुविधालगायतका कार्य गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्