बिग होटलमा न्यु ईयर इभ, द भ्वाईस अफ नेपालका विजेता राम लिम्बुको टिम आउने

<span class='c1'>बिग होटलमा न्यु ईयर इभ, द भ्वाईस</span> <span class='c2'>अफ नेपालका विजेता राम लिम्बुको टिम आउने</span>

विराटनगर । विराटनगर रोडशेषमा रहेका विग होटलमा अंग्रेजी महिनाको नयाँ बर्षलाई स्वागत गर्दै ‘न्यु इयर ईभ २०२२ ’ हुने भएको छ ।

२०७५ सालमा स्थपना भएको विग होटलले यस अघि विभिन्न साँगितीक कार्यक्रम गर्दै आएको थियो । तर दुई बर्ष यता कोराना भाईरसका कारण केही कार्यक्रमहरु स्थगित गर्नुपर्ने वाध्यता रह्यो । पछिल्लो समय कोरोना भाईरसको संक्रमण घट्दै गएका कारण विराटनगरमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना हुन थालेका छन् । यसैविच विग होटलले यसपटक अंग्रेजी महिनाको नयाँ बर्षलाई भव्य रुपम मनाउने तयारी गरेको छ ।

आगामी पौष १६ गते हुन लागेको न्यु इयर ईभ २०२२ को लागी विग होटल परिसरमा साँगेतिक माहोल बनाउने तयारीमा रहेको कार्यक्रम संयोजक संजय साहले जानकारी दिनुभयो । साहका अनुसार न्यु इयर ईभमा द भ्वाई अफ नेपाल सिजन २ का विजेता राम लिम्बुको नेपाली सियन व्याण्ड आउने भएको छ। राम लिम्बुको साँगेतिक कार्यक्रम विराटनगरमा पहिलो पटक रहेको जनाइएको छ । त्यसैगरी कार्यक्रममा विराटनगरको सरोज वानियाको टिम न्यु लाईन अपको समेत प्रस्तुति रहने जनाइएको छ । त्यसैगरी कार्यक्रमलाई भव्य बनाउनको लागी ईटहरी, धरान र विराटनगरका डान्स स्टुडियोबाट समेत डान्ससंगै अन्य गेमको पनि प्रस्तुती रहने जनाइएको छ ।

न्यु ईयर ईभमा सहभागिता जनाउनको लागी १ हजार र ३९ सयको टिकटको व्यावस्था गरिएको छ । जसमा विभिन्न पेय पदार्थ , स्न्याक र डिनरको कम्लीमेन्ट्री दिएको विग होटलले जनाएको छ । न्यु ईयर इभको अनलाईन मिडिया पार्टर आवर विराटनगर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्