नयाँ बर्षलाई लक्षित गर्दै भेडेटारमा ३ दिने फुड फेस्टिवल हुने

<span class='c1'>नयाँ बर्षलाई लक्षित गर्दै भेडेटारमा</span> <span class='c2'>३ दिने फुड फेस्टिवल हुने</span>

विराटनगर । धनकुटाको भेडेटारमा तीन दिने ‘नवौं भेडेटार फुड फेस्टिवल’ हुने भएको छ । होटल एसोसिएसन अफ भेडेटारले पुस १६ देखि १८ गतेसम्म फेस्टिवल गर्ने भएको हो।

अंग्रेजी नयाँ वर्षको अवसरमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले फेस्टिवल आयोजना गर्न लागिएको अध्यक्ष जितेन्द्र रुम्दाली राईले जानकारी दिए। उनका अनुसार पूर्व आउने विदेशी पर्यटकहरुमा सबैभन्दा धेरै भारतीय हुन्छन। नयाँ बर्षमा भारतीयहरुको बिदा हुने भएकाले उनीहरुलाई पूर्वी नेपाल र विषेश गरि भेडेटारमा आकर्षित गर्न फेस्टिवल आयोजना गरिन लागेको उनले बताए । २०६९ सालदेखि हरेक वर्ष हुँदै आएको फेष्टिबल कोभिड १९ का कारण गत वर्ष सञ्चालन हुन सकेको थिएन । धरान र धनकुटाको पर्यटन प्रवर्द्धनमा भेडेटारको उल्लेख्य भूमिका रहेकाले यसको अझै प्रचारप्रसार गर्न र पर्यटनसँगै आर्थिक विकास पनि हुन्छ भनेर अंग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा फेस्टिवल आयोजना गर्ने निर्णय भएको होटल एसोसिएसन अफ भेडेटारले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

तीन दिनसम्म हुने फेस्टिवलमा विभिन्न जातिय परिकारका स्टल, अर्गानिक खानाका स्टल, स्थानीय कृषि उत्पादनका स्टलहरु राखिने आयोजक होटल एशोसिएशन अफ भेडेटारले जनाएको छ। फेस्टिवलको अवसरमा भेडेटार धरान प्याराग्लाइडिङ, मुलघाट (चतरा ¥याफ्टिङ, नमस्ते झरनामा पानीबाट डोरी टाँगेर झर्ने क्यानोनोइङ, साइक्लिनिङ, ध्वजेडाँडाबाट सूर्योदय हेर्ने प्याकेजिङ, राजारानी तालमा बोटिङ जस्ता पर्यटकीय गतिविधि सञ्चालन गरिने भएको छ ।

त्यस्तै‚ डाँडाबजारमा रहेको ठूलो रुख हेर्ने अवसर, स्थानीय जातिको खानेकुराको प्रदर्शनी, कृषिसँग सम्बन्धित उत्पादित वस्तुको प्रदर्शनी तथा व्यापार हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्