प्रदेश १ मा १४ जनामा कोरोना संक्रमण

<span class='c1'>प्रदेश १ मा १४</span> <span class='c2'>जनामा कोरोना संक्रमण</span>

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण भएको छ । ३६५ जनाको पीसीआर परीक्षण गर्दा १२ र ९४ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १०, झापा र सुनसरीमा १–१ जनामा संक्रमण भएको हो । मोरङको विराटनगरमा ९ र उर्लाबारीमा १, झापाको भद्रपुर र सुनसरीको इटहरीमा १–१ जनामा संक्रमण भएको छ ।

प्रदेश १ मा आज ७ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ३ महिला र ४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या १०७ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्