काठमाडौं मेडिकल कलेजमा सस्तोमा गुणस्तरीय स्वास्थ्य सेवा

<span class='c1'>काठमाडौं मेडिकल कलेजमा सस्तोमा</span> <span class='c2'>गुणस्तरीय स्वास्थ्य सेवा</span>

काठमाडौं, १५ पुस । सरकारी क्षेत्रबाट सञ्चालित काठमाडौंको वीर अस्पतालमा बिरामीले एक दिन आइसीयूमा बस्दा बेड चार्ज दुई हजार तिर्नुपर्छ । अर्को सरकारी अस्पताल सिभिलमा पनि आईसीयू चार्ज दुई हजार नै छ । तर, निजी क्षेत्रबाट सञ्चालित काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले १ हजार ९ सय रुपैयाँमै बिरामीलाई आइसीयूमा राखेर उपचार गर्न थालेको छ ।

केएमसीका कार्यकारी अध्यक्ष डा.सुनिल शर्माले केएमसीको उपचारमा नयाँ र सस्तो दर रेट कायम गराएका हुन् । निजी क्षेत्रबाट सञ्चालित केएमसीले सरकारी अस्पतालको भन्दा पनि सस्तो दर रेटमा उपचार थालेको केएमसीका कार्यकारी अध्यक्ष डा.शर्माले बताए । ‘बिरामीहरुलाई सहुलियत दरमा गुणस्तरीय उपचार सेवा दिन हामीले सरकारी भन्दा पनि सस्तो दर रेटमा उपचार सेवा प्रदान गर्न थालेका छौं,’ डा.शर्माले भने, ‘अब, बिरामीहरुले सस्तो दर मै गुणस्तरीय उपचार पाउँनेछन् ।’

बुधबारबाट केएमसीले उपचार दर रेट परिमार्जन गरेर सस्तो बनाएको हो । यसअघि प्रतिदिन आइसीयू चार्ज ५ हजार लिँदै आएको केएमसीले एकैपटक ३ हजार १ सय रुपैयाँ रेट घटाएर १ हजार ९ सयमै आइसीयूमा उपचार थालेको हो । यता, भेन्टिलेटर, हाइकेयर, अक्सिजन लगायत सात प्रकारमा उपचार सेवामा केएमसीले दर रेट घटाएको छ ।

केएमसीमा पहिले ४ हजार ५ सय पर्दै आएको भेन्टिलेटर सेवा अब बिरामीले दुई हजारमै पाउँन थालेका छन् । हाई केयरमा पनि पाँच सय रेट घटाएर १ हजार ५ सय कायम गरिएको छ । पहिले अक्सिजन प्रयोग गर्दा प्रति घण्टा दुई सय पर्ने गरेको भएपनि अहिले त्यसलाई घटाएर २० रुपैयाँमा झारिएको केएमसीले जनाएको छ ।

केएमसीले सबै उपचार सेवा सहुलियत दरमै प्रदान गर्ने गरेको अस्पतालका जेनेरल मेनेजर नारायण दाहाल बताउँछन् । केएमसीमा १०० बेडको जेनेरल आइसीयू, ४० बेडको एनआइसीयू, ३५ बेडको न्यूरो आइसीयू र १० बेडको पीआइसीयू गरी सघन उपचारका लागि १८५ बेड छन् । सघन उपचार कक्षका हिसावले जुन नेपालकै सबैभन्दा बढी हो । दक्ष चिकित्सक र अत्याधुनिक उपकरणको व्यवस्थापनका कारण गुणस्तरीय उपचारका क्षेत्रमा केएमसी अग्रणी स्वास्थ्य संस्थाको रुपमा चिनिने गरेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्