बरगाछीमा मेलमिलाप दिवस

<span class='c1'>बरगाछीमा मेलमिलाप</span> <span class='c2'>दिवस</span>

विराटनगर । नेपाली काँग्रेसले शुक्रबार विभिन्न कार्यक्रम गरी ‘४६ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाएको छ ।

यसै अवसरमा बरगाछी युवा समूहले विराटनगरको बरगाछीमा बीपीको तस्विरमा माल्यार्पण गरि कार्यक्रम गरेको छ । नेपाली कांग्रेसका अग्रज नेता हरि कार्कीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेस मोरंगका सचिव मोदराज घिमिरे, क्षेत्रीय सभापति विनोद बस्नेत , महानगर सभापति दीपक चापागाइ, महाधिवशन प्रतिनिधी जनाद्र्धन निरौला लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कांग्रेसका पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता भारतमा लामो निर्वासन अन्त्य गरी वि.सं २०३३ सालमा स्वदेश फर्किएको दिनको सम्झनामा हरेक पुस १६ गतेलाई ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा काग्रेसले मनाउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्