बिराटनगर। बिराटनगर जुनियर जेसीजको ३१औँ वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा संस्थाका पूर्व अध्यक्ष (२०२४ ए.डी.) जेसी गौरव कर्णलाई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ।
संस्थामा पुर्याएको योगदान, नेतृत्व क्षमता, सामाजिक सक्रियता तथा युवा नेतृत्व विकासमा निर्वाह गरेको भूमिकाको कदर गर्दै उनलाई उक्त सम्मान प्रदान गरिएको हो।
युवा उमेरमै आफ्नै पहिचान निर्माण गर्दै, चुनौतीहरूसँग सामना गर्दै र निरन्तर मेहनतका साथ आफ्नो व्यावसायिक तथा सामाजिक यात्रामा अघि बढिरहेका कर्णका लागि यो सम्मान थप प्रेरणा र जिम्मेवारीको विषय बनेको छ। आफ्नो बाटो आफैँ निर्माण गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने उनको प्रयास युवा पुस्ताका लागि प्रेरणादायी रहेको छ।
कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष जेसीआई सिनेटर प्रोफेसर डा. सन्देश दास श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए ।