प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित १ जना पक्राउ

झापा । झापाको दमक नगरपालिका वडा ९ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला किसनगंज नबावगंज घरभई हाल झापाको दमक नगरपालिका वडा ४ मा डेरा गरी बस्दै आएका ३४ बर्षिय मोहमद इस्ताका रहेका छन । बिहिबार दिउँसो १ बजे इलाका प्रहरी दमकबाट खटिएको प्रहरी टोलीले इस्ताकालाई लागि चेक जाँच गर्दा निजले लगाएको जिन्स पेन्टको गोजीमा २ ग्राम ब्राउन सुगर, नगद २ हजार ५ सय रुपैया र १ थान मोवाइल फेला परेको हो ।

प्रतिबन्धित लागु औषध ब्राउन सुगर सहित पक्राउ परेका इस्ताकाको सम्मानित झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्