विद्यार्थीहरुको पठनपाठन सुनिश्चित गर्न माग गर्दै नोबेललाई अनेरास्ववियु मोरङको ज्ञापन पत्र

<span class='c1'>विद्यार्थीहरुको पठनपाठन सुनिश्चित गर्न माग गर्दै</span> <span class='c2'>नोबेललाई अनेरास्ववियु मोरङको ज्ञापन पत्र</span>

विराटनगर । चिकित्सा शिक्षा आयोगको मापदण्ड विपरित शुल्क असुली गरिएको भन्दै अनेरास्ववियु मोरङले विराटनगरस्थित नोबेल शिक्षण अस्पताललाई ज्ञापन पत्र बुझाएको छ ।

चिकित्सा शिक्षा अध्ययनका लागि नोबेलमा भर्ना भएका विद्यार्थीहरुसँग कलेजले आयोगद्वारा निर्धारितभन्दा अतिरिक्त शुल्क असुली गरेको भन्दै अनेरास्ववियु मोरङ जिल्ला कमिटीले शुक्रबार कलेजलाई ज्ञापन पत्र बुझाएको हो । आयोग र काठमाण्डौं विश्वविद्यालयको निर्णयलाई समेत बेवास्ता गर्दै नोबेलले गैह्रकानुनी रुपमा विश्वविद्यालय सम्बन्धन, रजिष्ट्रेसन र परीक्षा शुल्क लगायतका विभिन्न शीर्षकमा विद्यार्थीहरुसँग अवैध असुली गरेको अनेरास्ववियु मोरङको ज्ञापन पत्रमा उल्लेख छ ।

अनेरास्ववियुले विद्यार्थीहरुलाई गालीगलौज गर्ने, धम्की दिने, कक्षाकोठाबाट निकाल्ने र शुल्क नदिए पठनपाठन रोक लगाउने लगायतका नोबेलको कार्यप्रति खेद समेत प्रकट गरेको छ । अनेरास्ववियुले नोबेलको उक्त कार्यहरुलाई तत्कालै सच्याउनुका साथै चिकित्सा शिक्षा आयोग र विश्वविद्यालयद्वारा निर्धारित शुल्क मात्रै उठाउन माग गरेको छ ।

अनेरास्ववियु मोरङ जिल्ला कमिटीले कलेजको उक्त कदम सच्याएर विद्यार्थीहरुको पठनपाठन सुनिश्चित नगरे जस्तोसुकै कदम चाल्न बाध्य हुने चेतावनी समेत दिएको छ ।

यो पनि पढ्नुहोस : विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एक महिनादेखि गेट बाहिरै विद्यार्थी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्