मुक्ति कृषि सहकारीको ६ लाख लगानी, २ लाख नाफा

<span class='c1'>मुक्ति कृषि सहकारीको ६ लाख</span> <span class='c2'>लगानी, २ लाख नाफा</span>

विराटनगर । मोरङ कानेपोखरीमा रहेको मुक्ति कृषि सहकारी संस्था लि.ले आफ्नो सातौं साधारणसभा सम्पन्न गरेको छ ।

कानेपोखरी २ बोहोराटोलमा शुक्रबार उक्त सहकारीले साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले अध्यक्ष अर्जुनकुमार आचार्यले प्रस्तुत गरेको प्रगति विवरण तथा आगामी कार्ययोजना सहितको प्रतिवेदन पारित गरेको छ । ४९ जना साधारणसदस्य रहेको सहकारी २०७१ साल फागुन ६ गते स्थापना भएको उक्त सहकारीले गत आर्थिक वर्ष २०७७/०७८ मा १ करोड ४७ लाख ६८ हजार ६ सय ४० रुपैयाँको कारोबार गरेको छ ।

६ लाख ४६ हजार ८ सय रुपैयाँ शेयर पूँजी रहेको सहकारीले गत वर्षमात्रै २ लाख ६३ हजार १३३ रुपैयाँ मुनाफा गर्न सफल भएको संस्थाका अध्यक्ष आचार्यले बताए । झण्डै ५ लाख रुपैयाँ स्थित पूँजी रहेको सहकारीले आगामी ५ वर्षभित्रमा कानेपोखरी गाउँपालिकाकै नमूना कृषि सहकारी बन्ने लक्ष्य लिएको छ ।

सहकारीले आगामी आर्थिक वर्षसम्ममा २ सय शेयर सदस्य बनाउने र ५ वर्षभित्रमा १ हजार बढी शेयर सदस्य बनाउने लक्ष्य लिएको छ । हाल सहकारीले दूध संकलन तथा विक्री गर्दै आएको छ । अब सहकारीले कृषि क्षेत्रको विकासका साथै पशुपालनको तालिम संचालन गर्ने, गाउँपालिकाको ७ वटै वडा कार्यक्षेत्र हुने गरी कार्यक्षेत्र विस्तार गर्ने, पशुपालक किसान लक्षित ऋण तथा अनुदानका कार्यक्रम केन्द्रीत गर्ने, किसानहरुको व्यवसायिक दक्षताका वृद्धिका लागि पहल गर्ने लगायतका प्रस्ताव साधारणसभाबाट पारित गरेको छ ।

साधारणसभाको अवसरमा सहकारीले उत्कृष्ट ५ जना पशुपालक किसानलाई पुरस्कृत गरेको थियो । पुरस्कृत हुने किसानहरूमा टेकबहादुर दाहाल, जमुना अधिकारी, टेकबहादुर तामाङ, अभिकेशर भुर्तेल र धिम धिमाल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्