विराटनगर पुष १७ ,
एल.एण्ड.सि मोडेल एजेन्सीको आयोजनामा बिराटनगरमा सम्पन्न लिटल प्रिन्स एण्ड एन्जलको उपाधि सितोस्ना खड्काले जितेको छिन।यस्तै सनिशा शाक्य दोस्रो र सुज्ञानी बुढाथोकी तेस्रो भएका छन।
७ बर्ष देखि १४ बर्ष सम्म का बालबालिकाहरुको उक्त प्रतियोगिताको फिनालेमा १४ जना प्रतिस्पर्धी सहभागी रहेका थिए। बिजेताले १५ हजार नगद पुरस्कार ट्रफि साथै प्रमाण पत्र ,दोस्रो हुनेले १० हजार नगद ट्रफि तथा प्रमाणपत्र र तेस्रो हुनेले ५ हजार नगद ट्रफि तथा प्रमाणपत्र प्राप्त गरेका छन ।
फिनालेको निर्णायकमा प्रदेश सभा सदस्य बिन्दिया कार्कि जय शर्मा , शिल्पा कार्कि ,अन्जना कट्टेल सुवेदि रहेका थिए ।