लागुऔषध सहित चार युवा पक्राउ

<span class='c1'>लागुऔषध सहित चार</span> <span class='c2'>युवा पक्राउ</span>

प्रहरीले गएराति लागुऔषध सहित चार युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका– ६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–४ बस्ने १७ वर्षीय विरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका–७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनुभयो ।

गएराति करीब ८ बजे भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट नेपाल आएका उनीहरुलाई औरही नगरपालिका–४ स्थित सडकमा शङ्का लागि जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका हुन् ।प्रहरीले उनीहरुको साथबाट नेपालमा प्रतिबन्धित नाइट्राभेट ट्याब्लेट ३७५ पिस, स्पास्मो प्रो ८ पिस र डाइलेक्स सिरप ४ बोतल बरामद गरेको छ ।उनीहरूलाई आज बिहान जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्