श्री कृष्ण प्रणामी युवा समाज द्वारा सिरक वितरण

<span class='c1'>श्री कृष्ण प्रणामी युवा समाज</span> <span class='c2'>द्वारा  सिरक वितरण</span>

धरान । श्री कृष्ण प्रणामी युवा समाज धरानले धरान-४ छाताचोकमा रहेको पुनर्स्थापना गृहमा रहेका अपाङ्ग,अनाथ,बालबालिका तथा ज्येष्ठ नागरिकहरू सहित ३० जनालाई फाइबरको सिरक वितरण गरेको छ।

श्री कृष्ण प्रणामी धर्मका जगत् गुरु श्री १०८ कृष्णमणी महाराजीको ५८ जन्मोत्सवको अवसर पारेर सिरक वितरण गरेको समाजका सल्लाहकार सुरेश ढकालले जानकारी दिए । जाडोको समयमा न्यानो ओढ्ने ओछ्याउने नहुँदा वृद्धबृद्धा र बालबालिकालाई चिसोले रात काट्न गाह्रो भएको सुनेर हामीले सामाजिक उत्तरदायित्व अन्तरगत सिरक वितरण गरेको ढकालले जनाकारी दिए ।

‘सेवा नै धर्म हो’ भन्ने नारा तथा ‘दुर्ब्यसन त्यागौँ सेवामुखी बनौँ’ भन्ने उद्देश्यका साथ यस संस्थाले सामाजिक कार्य गर्न आज अङ्ग्रेजी वर्ष २०२२ बाट सुरु गरेको समाजका सल्लाहकार रुपेश आर्चायले जानकारी दिए ।

युवाहरूलाई नैतिकवान्, सक्षम र सेवामुखी हुन अभिप्रेरित गर्दै समाजमा शान्ति, संवृद्धि र सभ्य संस्कृतिको विकास गर्न उनीहरूलाई संस्थागत ढङ्गले परिचालन गर्ने उद्देश्यले साथ धरानमा प्रणामी युवाहरूको समाज खोलेर सामाजिक कार्य थालेको श्री कृष्ण प्रणामी युवा समाजका अध्यक्ष शैलेश आर्चायले जानकारी दिए ।

दुर्व्यसन त्यागौँ, सेवामुखी बनौँ, निरामिष भोजन सेवन गरौँ, वातावरण संरक्षण गरौँ, आत्मा र परमात्माको अन्तरसम्बन्धलाई आत्मसाथ गरौँ भन्ने मुख्य पाँच आधारशिला रहेको यस समाजले अन्धविश्वास, कुरीति, विभेद, हिंसा, धूम्रपान, मद्यपान, लागूपदार्थ, दुर्व्यसन विरुद्ध चेतनामूलक कार्यहरू गर्ने योजना तय गरेको समाजले जनाएको छ ।

युवाहरूलाई नैतिकवान्, सक्षम र सेवामुखी हुन अभिप्रेरित गर्दै समाजमा शान्ति, संवृद्धि र सभ्य संस्कृतिको विकास गर्न उनीहरूलाई संस्थागत ढङ्गले परिचालन गर्ने उद्देश्यले समाजको स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्