पाल्पा बस दुर्घटना, सातको मृत्यु

<span class='c1'>पाल्पा बस दुर्घटना,</span> <span class='c2'>सातको मृत्यु</span>

पाल्पा । यहाँ बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आठ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना भई ६० मिटर तल खसेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर श्वातीले बताउनुभयो । घाइतेको उद्धारमा प्रहरी र स्थानीयवासी लागेका छन् । मृत्तकको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।

दुर्घटना बिहान १०ः३० बजे भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्