क्यान्सर पिडितलाई चुम्लुङ र छुम्माको आर्थिक सहयोग

<span class='c1'>क्यान्सर पिडितलाई चुम्लुङ र</span> <span class='c2'>छुम्माको आर्थिक सहयोग</span>

विराटनगर । लामो समयदेखी क्यान्सर रोगबाट पिडित विरामीलाई विराटनगरका २ वटा जातिय सस्थाले आर्थिक रकम सहयोग गरेको छ ।

विराटनगर ८ अमरटोल निवासी ४९ बर्षिया कंचन लिम्बुलाई किराँत याक्थ्युङ चुम्लुङ महानगर कमिटि र किराँत याक्खा छुम्मा महानगर कमिटिले आर्थिक रकम सहयोग गरेको हो । आर्थिक रकम अभावका कारण विराटनगरमा रहेका लिम्बु र याक्खाहरुको घरदैलो कार्यक्रम गर्दै आर्थिक रकम जुटाई विरामीका आमा उमा लिम्बुलाई सो रकम प्रदान गरिएको छ । किराँत याक्थुङ चुम्लुङबाट ३३ हजार ६५८ र किराँत याक्खा छुम्माबाट १० हजार गरी ४३ हजार ६५८ रुपैँया विरामीका आमाको हातमा प्रदान गरिएको हो ।

किराँत याक्थुङ चुम्लुङ महानगर कमिटिका अध्यक्ष टिका नाल्बो चोङ्बाङ (कुमार) किराँत याक्खा छुम्माका अध्यक्ष विनादेवी जिमी, सचिव प्रेम देवान ,कोषाध्यक्ष शर्मिला देवान लगायत विरामीको घरमै पुगेर सो रकम प्रदान गरिएको कि.या चु.का हरिन्द्र लिम्बुले जानकारी दिनुभयो । भत्तपुरको क्यान्सर अस्पतालमा उपचारर्थ कंचन छोरीको लागी सहयोग रकमले उपचारमा ठूलो राहत मिलेको आमा उमा लिम्बुले बताउनुभयो।

क्यान्सर पिडितलाई यस अघि किराँत राई यायोक्खा महानगर कमिटीले पनि नगद रू.१५ हजार उपचारर्थ सहयोग रकम जुटाएर प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्