जिल्ला अस्पतालमा आउँदैनन् बिरामी

<span class='c1'>जिल्ला अस्पतालमा</span> <span class='c2'>आउँदैनन् बिरामी</span>

जलेश्वर । अस्पतालको मुख्य ढोकाबाटै बसेर बिरामीलाई हेरेर ‘बाहिर लैजानुस् यहाँ उपचार सम्भव छैन’ भन्दै फर्काउन थालेपछि अहिले जलेश्वर जिल्ला अस्पतालमा बिरामी आउन छाडेका छन् । विगत दुई सातादेखि चिसोका कारण विभिन्न रोगका बिरामी बढ्न थाले पनि उपचारका लागि जिल्ला अस्पतालमा आउनेको सङ्ख्या भने न्यून छ ।

स्वास्थ्यकर्मीले बिरामीलाई थप उपचारको लागि जनकपुरस्थित प्रादेशिक अस्पताल र अन्य स्थानमा पठाइदिने र बिरामीलाई चिकित्सकहरुले समय नदिने गरेका कारण अहिले अस्पताल सुनसान रहेको नागरिकको गुनासो छ । जिल्ला उद्योग वाणिज्य सङ्घका महासचिव शिवचन्द्र चौधरीले त्यहाँ कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले बिरामी ल्याउने बित्तिकै तपाई आफ्नो मान्छे भएकाले राम्रो सल्लाह दिन्छु, यहाँ उपचार नगराउनुस्, यहाँ डाक्टर पनि आउँदैनन् र उपचार पनि राम्रोसँग हुँदैन, केही भइहाल्यो भन्ने के गर्ने? भनी उपचारै नगरी फर्काउने गरेको आरोप लगाउनुभयो ।

पच्चिस शैया क्षमताको उक्त अस्पतालको आकस्मिक कक्ष र ओपिडी कक्षसमेत सुनसान देखिन्छ । यहाँ आउने बिरामीलाई सरकारी शुल्कमा ल्याब परीक्षणदेखि औषधि वितरण गर्नेसम्मको व्यवस्था रहेपनि चिकित्सकहरूले बाहिर ल्याब परीक्षण गर्न पठाउने र बाहिरै महँगो मूल्यमा औषधि खरिदका लागि पठाउने गरेका कारण पनि बिरामी यहाँ आउन छाडेका एक चिकित्सकले नै नाम नछाप्ने सर्तमा बताउनुभयो ।

उक्त अस्पतालमा अहिले १६ चिकित्सक र दुई दर्जन बढी स्वास्थ्यकर्मी कार्यरत छन्। तर जलेश्वरस्थित एक दर्जन निजी अस्पताल तथा क्लिनिक भने बिरामीले खचाखच छ । कोरोना विशेष अस्पताल बनाइएको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट र अन्य आवश्यक सबै सुविधा भए पनि यहाँ कार्यरत चिकित्सकको लापरबाही र बेवास्ताका कारण बिरामी त्यहाँ जानुको सट्टा निजी अस्पताल र क्लिनिकहरुमा उपचार गराउन बाध्य छन् । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले आफन्त तथा पार्टीका कार्यकर्ताको भर्तीकेन्द्र बनाएर जिल्ला अस्पतालको स्वास्थ्य सेवा र कार्यक्रमलाई कमोजर बनाएका कारण पनि यहाँ बिरामी उपचार गराउन आउन छाडेको जलेश्वर नगरपालिका– २ वडाध्यक्ष बरुणकुमार दाहालले बताउनुभयो ।

उहाँले यस अस्पताल आफ्नै वडामा रहेपनि यहाँ गरिने कुनै पनि कार्यक्रमबारे आफूसँग कुनै समन्वय र सहकार्य नै नगर्ने गरेकोे गुनासो पनि गर्नुभयोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्