पाँच महिनामा पाँच करोड राजस्व सङ्कलन

<span class='c1'>पाँच महिनामा पाँच</span> <span class='c2'>करोड राजस्व सङ्कलन</span>

भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा रु.पाँच करोड राजस्व सङ्कलन गरेको छ ।

आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व सङ्कलन भएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले वार्षिक रु.११ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ४५ प्रतिशत बढी आन्तरिक आय सङ्कलन भइसकेको छ ।

त्यस्तै आन्तरिक आय अतिरिक्त मालपोत करबापत नगरपालिकालाई वार्षिक रु.तीन करोड ५० लाख र विभाज्य करअन्तर्गत रु.सात करोड ५० लाख सङ्कलन भएको छ । नगरपालिकाले स्थानीय सरकारको नेतृत्व पाएपछि आन्तरिक आयलाई बढाउँदै लगेको छ । चार वर्षअघि नगरपालिकाको आय करिब रु.चार करोड रहेकामा गत वर्षसम्म त्यसमा वृद्धि गरी रु.२१ करोड पु¥याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्