हिमपहिरामा पुरिएका छन्त्याल अझै फेला परेनन्

<span class='c1'>हिमपहिरामा पुरिएका छन्त्याल</span> <span class='c2'>अझै फेला परेनन्</span>

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा हिमपहिरामा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन् ।

जिल्लाकै अति विकट मानिने गुर्जाको सुकेलोट्नेमा भारी हिउँपातका कारण गत बिहीबार दिउँसो हिउँपहिरामा पुरिएका ५० वर्षीय रामबहादुर छन्त्यालको अवस्था अझैसम्म पनि थाहा हुन नसकेको हो । “खोजीकार्य जारी छ, हिउँ नपग्लिएकाले बेपत्ता भएको स्थानमा खोज्न समस्या भइरहेको छ”, गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले भन्नुभयो ।

उहाँका अनुसार एक्कासी भारी हिमपातपछि भेडीगोठमा जानेक्रममा छन्त्याल चिप्लिएर खोंचमा लडेपछि अन्य साथीहरूले उद्धारको प्रयास गरे पनि हिउँमा पुरिएकाले प्रयास सफल हुन सकेन । सोमबार बिहानदेखि ४० स्थानीयवासीले छन्त्याल बेपत्ता भएको स्थान आसपासका क्षेत्रमा खोजी गरेका थिए ।

दैनिक स्थानीयवासीले समूह बनाएर बेपत्ता छन्त्यालको खोजीमा जुटेका छन् । बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विक हिउँमा फसिरहेको अवस्थामा उनीहरूको उद्धार गरिएको वडाध्यक्ष छन्त्यालले जानकारी दिनुभयो । उनीहरू अहिले भेडीगोठमा नै रहेका छन् । भेडाको बथानसहित गोठमा रहेकाले अनुकूल मौसम भएपछि फर्किने गोठमा रहेका बुद्धि छन्त्यालको भनाइ उद्धृत गर्दै वडाध्यक्ष छन्त्यालले बताउनुभयो ।

समुद्र सतहबाट तीन हजार २२० मिटर उचाइमा अवस्थित गुर्जा जोड्ने पदमार्गसमेत हिउँले छोपेको छ । हाल मोबाइल र इन्टरनेटसेवा सञ्चालन भएकाले स्थानीयवासीलाई सम्पर्कमा सहज भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्