ललिता निवास जग्गा प्रकरणका आरोपीविरुद्ध राजस्व छली मुद्दा

<span class='c1'>ललिता निवास जग्गा प्रकरणका</span> <span class='c2'>आरोपीविरुद्ध राजस्व छली मुद्दा</span>

राजस्व अनुसन्धान विभागले आनसान इन्टरनेशनल प्रालिका सञ्चालक शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल, सान्टु श्रेष्ठ तथा उक्त फर्मको लेखापरीक्षण गर्ने राजेश्वर एण्ड कम्पनीका सञ्चालक राजेश्वर श्रेष्ठविरुद्ध उच्च अदालत पाटन, ललितपुरमा राजस्व चुहावटसम्बन्धी मुद्दा दायर गरेको छ ।

शोभकान्त ढकाल बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणका मुख्य आरोपी हुन् । काठमाडौँको नागार्जुन नगरपालिका–१, नर्सरीचोक स्थायी ठेगाना भएको आनसान इन्टरनेशनल प्रालि र ललितपुर महानगरपालिका–७ सुन्धारा स्थायी ठेगाना भएको राजेश्वर एण्ड कम्पनीले राजस्व चुहावट गर्ने मनसायले जालसाजीयुक्त, नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विवरण, वित्तीय विवरण तथा आय विवरण तयार गरी कारोबार नै नभएको देखाई राजस्व चुहावट गरेकाले रु.एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ बिगो असूल गर्न विभागले माग गरेको छ ।

साथै विभागले कायम भएको बिगोको शतप्रतिशत जरिवाना गर्न उच्च अदालतसमक्ष अभियोगपत्र दायर गरेको हो । राजस्व चुहावट गर्न सघाएबापत लेखापरीक्षक श्रेष्ठलाई मतियारमा आधा सजायको मागदाबी विभागले गरेको छ ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्