एमाले जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट

<span class='c1'>एमाले जिल्ला अधिवेशनका</span> <span class='c2'>लागि प्रतिनिधि छनोट</span>

नेकपा (एमाले) को आठौं जिल्ला अधिवेशनका लागि जिल्लाका सबै वडाबाट प्रतिनिधि छनोट गरिएका छन् । यही पुस २३ गतेदेखि पाटनमा हुने जिल्ला अधिवेशनका लागि प्रतिनिधि छनोट सम्पन्न हुन् । एक सय सङ्गठित सदस्य बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट हुने प्रावधान छ ।

यसैगरी दलित सङ्गठित सदस्यबाट एक सय बराबर एक महिलासहित तीन जना प्रतिनिधि छनोट हुने प्रावधान छ । सोहीअनुसार ५०९ प्रतिनिधि छनोट गरिएका एमाले केन्द्रीय सदस्य तथा जिल्ला सह–इञ्चार्ज लीलाधर भट्टले जानकारी दिनुभयो ।

यसैबीच प्रतिनिधि छनोटसँगै अधिवेशनको सरगर्मी बढेको छ । आगामी नेतृत्वका लागि नेता आन्तरिक तयारीमा जुटिरहेका छन् भने अधिवेशन सफल पार्नका लागि अन्य तयारीसमेत तीव्र पारिएको जनाएको छ । अधिवेशनबाट नेतृत्व लिनका लागि नेताले तयारी थालिसकेका छन् । जिल्ला अध्यक्षका रुपमा हाल नेतृत्व सम्हालिरहेका सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिकाका अध्यक्षले नेतृत्वमा दाबी गरिरहेका छन् । यता जिल्ला सह इञ्चार्ज भट्टले भने नेतृत्वका लागि जति जनाले दाबी गरिरहेका भए पनि सर्वसम्मतिबाटै नयाँ नेतृत्व चयन हुने बताउनुभयो ।

उहाँले भन्नुभयो,“अधिकतम प्रयास सर्वसम्मतको हुन्छ, सहमति हुननसकेका भने, लोकतान्त्रिक विधिमार्फत निर्वाचनमा जान्छौं समूहगत रुपमा उम्मेदवारी हुदैन । स्वतन्त्र रुपमा मापदण्ड पुगेकोले दिन पाउँछ ।” बैतडीमा हाल एमालेका नौ हजार ३२९ सङ्गठित सदस्य रहेका बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्