लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ

<span class='c1'>लागुऔषध ब्राउनसुगर सहित</span> <span class='c2'>२ जना पक्राउ</span>

झापा । झापाको कचनकवल गाउँपालिका वडा ५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।

उक्त गाउँपालिकाको फुटागंज क्षेत्रबाट लागुऔषध ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी पाठामारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका वडा ७ बस्ने २४ बर्षीय बिनोद बस्नेत र १८ बर्षीय निखिल रेग्मीलाई ५ ग्राम ६० मिलिग्राम लागुऔषध ब्राउनसगुर सहित मंगलवार बेलुका करिब ५ बजे पक्राउ गरेको हो ।

लागुऔषध सहित पक्राउ परेका दुवै जनाको घटना बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्