जिल्ला कारागार निरीक्षण

<span class='c1'>जिल्ला कारागार</span> <span class='c2'>निरीक्षण</span>

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जिल्ला कारागार दार्चुलाको निरीक्षण गर्नुभएको छ ।

प्रदेश सरकारले कारागारको सुदृढीकरण गर्ने उद्देश्यअन्तर्गत जिल्ला कारागारको अवस्थाका बारेमा अनुगमन निरीक्षण गरिएको मन्त्री जोशीले बताउनुभयो । अहिले प्रदेशभरिका कारागारहरुमा कैदीबन्दी क्षमताभन्दा बढी रहेको हुँदा पनि अनुगमन गर्नुपरेको उहाँले बताउनुभयो ।

उहाँले कारागारभित्रका कैदीबन्दीका आयआर्जनका लागि सीपमूलक कार्यक्रमअन्तर्गत प्रदेश सरकारले दार्चुलालाई रु.चार लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । कारागारभित्र रहेका कैदीबन्दीले सीपमूलक कार्य गर्न सकून् र व्यावसायिक बन्न सकून् भन्ने उद्देश्यले बजेट विनियोजन गरिएको हो ।

यस्तै, चालू आर्थिक वर्षमा जिल्ला कारागारको मर्मतसम्भारका लागि आठ लाख बजेट विनियोजन गरिएको छ । जिल्ला कारागारका जेलर वीरेन्द्र सिंह धामीले जिल्ला कारागारभित्र क्षमताभन्दा बढी कैदी तथा थुनुवा राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो । अहिले २५ पुरुष र १५ महिलाको क्षमता रहेको कारागारमा ६९ जना कैदीबन्दी रहेका छन् । कारागारमा अहिले दुई महिला र ६७ पुरुष रहेका छन् । एकजना नाबालकसमेत छन् ।

वि.सं २०२२ सालमा निर्माण गरिएको कारागार २०४१ सालमा मात्रै मर्मत भएकाले भित्रका ब्लकहरु जीर्ण अवस्थामा रहेका छन् भने पानी पर्दा चुहिने अवस्था रहेको जेलर धामीले बताउनुभयो ।

जिल्ला भ्रमणमा रहनुभएका मन्त्री जोशीले जिल्लास्थित कार्यालय प्रमुखहरुसँग अन्तरक्रिया गर्नुभएको छ भने जिल्ला कारागार, दार्चुला भन्सार कार्यालय, सीमा नाकाको हेल्थ डेस्कको निरीक्षण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्