लमजुङमा धान उत्पादनमा वृद्धि

<span class='c1'>लमजुङमा धान</span> <span class='c2'>उत्पादनमा वृद्धि</span>

लमजुङ । लमजुङमा धान उत्पादनमा वृद्धि भएको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका बीउ लगाएकाले यसवर्ष धान उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीका अनुसार यसवर्ष १४ हजार २६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार ७७६ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्ष १४ हजार २८० हेक्टर क्षेत्रफलमा लगाइएको धानखेतीबाट ४४ हजार ४२५ मेट्रिकटन धान उत्पादन भएको थियो ।

गत वर्षको तुलनामा यो वर्ष २० हेक्टर क्षेत्रफल कम जमिनमा धानखेती गरिए पनि ३५१ मेट्रिकटन उत्पादन वृद्धि भएको केन्द्रका सूचना अधिकारी रेग्मीको भनाइ छ । यसवर्ष धान उत्पादनमा वृद्धि भएपछि जिल्लाका किसान हर्षित भएका छन् । मौसम राम्रो भएको र समयमै पानी भएकाले उत्पादन राम्रो भएको उहाँको भनाइ छ ।

त्यस्तै, केन्द्रका अनुसार आर्थिक वर्ष २०७५-७६ मा जिल्लामा १४ हजार २३० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको धानखेतीबाट ४४ हजार १५५ मेट्रिक टन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७४-२०७५ मा १४ हजार ७९१ हेक्टर क्षेक्रफलमा गरिएको धान खेतीबाट ४४ हजार ५४५ मेट्रिक टन उत्पादन भएको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३-७४ मा १४ हजार ४९६ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४३ हजार ८३० मेट्रिकटन धान उत्पादन भएको थियो । आर्थिक वर्ष २०७२-७३ मा १५ हजार ८०० हेक्टर क्षेत्रफलमा धानखेती गरिएकोमा ४० हजार ५७८ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा सबैभन्दा बढी जिल्लाकै ठूला फाँट भोर्लेटार, चक्रतीर्थ, धमिलिकुवा, साइलीटार, अल्काटार, भोटेओडार, अलँैचेफाँट रामचोकबेँसीलगायतका क्षेत्रमा धान उत्पादन राम्रो भएको कृषि ज्ञान केन्द्र लमजुङले जनाएको छ । केन्द्रका सूचना अधिकारी रेग्मीले भन्नुभयो, जिल्लामा साबीत्री, रामधान, सुक्खा १, सुक्खा २, सुक्खा ३, लोकतन्त्र, सुनौलो सुगन्ध जस्ता जातका धान किसानले लगाउँदै आएका छन् ।

किसानले पानी कम हुने ठाउँमा भने सुक्खा १, सुक्खा २, सुक्खा ३ लगाउने गरेका छन् । जिल्लामा ४५ हजार ५० हेक्टर क्षेक्रफल खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टर क्षेक्रफलमा धानखेती हुने गरेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्