धनपालथान–६ मा दुई युवाले खोले कदमाहा पब्लिक हस्पिटल

<span class='c1'>धनपालथान–६ मा दुई युवाले</span> <span class='c2'>खोले कदमाहा पब्लिक हस्पिटल</span>

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ मा आकस्मिक सहित २५ शैयाको अस्पताल सञ्चालनमा आएको छ ।

धनपालथान–६ स्थित कदमाहा चौकमा कदमाहा पब्लिक हस्पिटल सञ्चालनमा आएको हो । रंगेलीका मनिस कुमार यादव र धनपालथानका पंकज कुमार यादवले कुल २० लाखको संयुक्त लगानीमा उक्त अस्पताल सञ्चालनमा ल्याएका हुन् । बिहीबार आयोजित एक कार्यक्रमका बिच अस्पतालको उद्घाटन गरिएको छ । आसपासका स्थानीयलाई स्वास्थ्य उपचारमा सहयोग पुर्याउने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याईएको उनीहरुले बताएका छन् । स्थानीयमा उपचारको सहज पहुँच होस भन्ने उद्देश्यका साथ अस्पताल सञ्चालनमा ल्याईएको सञ्चालक पंकज यादवले बताए । उनले भने, 'यहाँका स्थानीयले सामान्य स्वास्थ्य उपचारका लागि पनि पुर्वमा रङ्गेली र पश्चिममा कटहरी वा विराटनगर पुग्नुपर्ने बाध्यता छ । हामीले त्यो अवस्थाको अन्त्य गर्ने प्रयास गरेका हौं ।'

बिहीबारदेखि सञ्चालनमा आएको सो अस्पतालमा ल्याब, एक्स–रे, इसिजी, युएसजी, फार्मेसी र २४ घण्टे आकस्मिकका साथै ओपिडिका सम्पुर्ण सेवाहरु उपलब्ध छन् । अस्पतालमा हाडजोर्नी तथा नशारोग, स्त्री तथा प्रसुती रोग, जेनेरल सर्जरी, मुटुरोग, बालरोग तथा नवजात शिशु, रेडियोलोजी र डेन्टल सम्बन्धी सेवाहरु समेत उपलब्ध रहेको सञ्चालक मनिस कुमार यादवले बताए । गुणस्तरीय तथा भरपर्दो सेवा प्रवाहको बिषयलाई दृष्टिगत गर्दै अस्पतालमा दक्ष तथा अनुभवी चिकित्सकद्धारा सेवा प्रवाहको व्यवस्था मिलाईएको गरिएको उनले जानकारी दिए ।

हाल अस्पतालमा एमबीबीएस डाक्टर १, हेल्थ असिस्टेन्ट १, ल्याब टेक्निसियन १ र फार्मेसीमा १ जना सहित ४ जनाको टीमले सेवा दिईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्