मोरङको पथरीमा पुष २७ र २८ गते फोनिजको दोस्रो महाधिवेशन हुने

<span class='c1'>मोरङको पथरीमा पुष २७ र २८</span> <span class='c2'>गते फोनिजको दोस्रो महाधिवेशन हुने</span>

विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको दोस्रो प्रादेशिक महाधिवेशन मोरङको पथरीशनिश्चरेमा हुने भएको छ ।

फोनिज प्रदेश समितिले बिहिबार पथरीको सिन भिलेज रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त बिषयमा जानकारी गराएको थियो । ‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्रो कलम’ भन्ने मूल नाराको साथ दोस्रो प्रादेशिक महाधिवेशन पुस २७ र २८ गते गर्न तयारी अन्तिम चरणमा पुगेको फोनिजको १ नम्बर प्रदेश समिति अध्यक्ष अर्जुन जम्नेली राईले पत्रकार सम्मेलनमा जानकारी गराए ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा संघीय अध्यक्ष डण्ड गुरुङ, पथरीशनिश्चरे नगर प्रमुख दिलिपकुमार राई, पत्रकारसँग सम्बन्धित विभिन्न संगठनका प्रदेश समिति अध्यक्षहरु उपस्थित हुने फोनिज प्रदेश महासचिव बिदुर खवासले जानकारी दिए । कार्यक्रममा पथरीशनिश्चरे नगरको प्रथम जाति धिमालको साथै च्याब्रुङ, साकेला, सन्थाल, झाँगड लगायतको सांस्कृतिक झाँकी प्रदर्शनहुने आयोजक समितिले जनाएको छ ।
महाधिवेशनमा १४ जिल्लाबाट १५० बढी प्रतिनिधि पर्यवेक्षक उपस्थितिहुने आयोजक समितिले जनाएको छ । प्रतिनिधिहरुलाई धिमाल जातिको मौलिक परिकार घोँगी, चिचिरी भात, थारु समुदायको ढकिया (ढिक्री, बगिया) सानो बाम माछा लगायत खुवाउने तयारी भइरहेको अध्यक्ष राईले पत्रकार सम्मेलनमा जानकारी गराए ।
पत्रकार सम्मेलनमा फोनिज संघीय समितिका सचिव कमन देवान, नेपाल पत्रकार महासंघको मोरङ जिल्ला उपाध्यक्ष मोहन भट्टराई, चलचित्र पत्रकार संघको पूर्ब १ नम्बर प्रदेश अध्यक्ष शन्तोष राई लगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्