भायानेटको टिकटक च्यालेन्ज, विजेतालाई ५० हजार पुरस्कार

भायानेटको टिकटक च्यालेन्ज, विजेतालाई ५० हजार पुरस्कार

विराटनगर । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले टिकटक प्रतियोगिता आयोजना गरेको छ । कम्पनीले ५० हजार रुपैयाँको नगद पुरस्कार सहित ’अल्ट्राफाई टिकटक च्यालेन्ज’ प्रतियोगिता ल्याएको हो ।

टिकटक सबैभन्दा धेरै प्रयोग गरिने एप भएकाले उक्त प्रतियोगिता आयोजना गरिएको कम्पनीले जनाएको छ । सो प्रतियोगितामा सबै उमेर समुहकाले भाग लिन पाउने बताएको छ । तर सहभागी नेपालमा बसोबास गर्ने नेपाली नागरिक हुनुपर्ने छ ।

प्रतियोगितामा भाग लिने सहभागीले भायानेटको आधिकारिक टिकटक च्यानलमा अपलोड गरिएको साउन्ड ट्र्याकमा भिडियो बनाउनु पर्नेछ ।

प्रतियोगितामा पुस १७ गतेदेखि माघ १४ गतेसम्म भाग लिन सकिने कम्पनीले जनाएको छ । सबैभन्दा उत्कृष्ट प्रतियोगीले ५० हजार रुपैयाँ जित्न सक्नेछन्। सहभागीहरूले आफ्नो भिडियो माघ १३ गते भित्र अपलोड गरिसक्नु पर्नेछ । सहभागीहरूले भिडिओको क्याप्सनमा #ULTRAFI_Vianet ह्यासट्याग प्रयोग गरेर पोस्ट गर्नुपर्नेछ। त्यस्तै, पोस्टमा @vianetcommunication ट्याग हुनुपर्ने कम्पनीले जनाएको छ ।

"भायानेट अल्ट्रा-फाई टिकटक च्यालेन्ज "मा भाग लिनका लागि प्रतियोगीहरूले दिइएको भायानेट अल्ट्रा-फाई साउन्डट्र्याक प्रयोग गर्नुपर्छ: https://www.tiktok.com/music/Vianet-ULTRAFI-7048130583305784090)

Vianet ULTRAFI TikTok च्यालेन्जका नियम र सर्तहरू
1.यो प्रतियोगिता जनवरी ०१, २०२२ देखि फेब्रुअरी २८, २०२२ सम्म खुला छ रहनेछ ।
2.सबैभन्दा रचनात्मक सामग्री भएको सहभागीले रु. ५० हजार जित्नेछ (सबै पुरस्कारमा नेपाल सारकार द्वारा निर्देशित कर लागु हुनेछ )
सहभागीहरूले आफ्नो क्याप्शनमा #ULTRAFI_Vianet ह्यासट्याग प्रयोग गरेको हुनुपर्छ र आफ्नो भिडियो पोस्ट गर्दा @vianetcommunication ट्याग गरेको हुनुपर्छ ।
3.सहभागीहरूले आफ्नो भिडियो २७ फेब्रुअरी भित्र अपलोड गर्नुपर्छ (अर्थात्: मध्यरातसम्म) ।
4.भायनेट सँग प्रिन्ट विज्ञापन/बाहिर र डिजिटल मिडियामा कुनै पनि प्रचारात्मक प्रयोगको उद्देश्यका लागि सहभागी/विजेताहरूको प्रोफाइल तस्वीर/जानकारी प्रयोग गर्ने अधिकार रहने छ ।
5.भायनेटका कर्मचारी र परिवारका सदस्यहरू प्रतियोगितामा जित्नका लागि योग्य हुने छैनन् । यदि विजेता कुनै पनि हिसाबले कर्मचारी वा 6.परिवारको सदस्यको रूपमा सम्बन्धित भएको पाइएमा, प्रविष्टि र प्रतियोगीलाई अयोग्य घोषित गरिनेछ ।
7.पुरस्कारहरू हस्तान्तरण गर्न मिल्ने छैन ।
8.सहभागीलाई आफ्नो रुचि अनुसार पुरस्कार माग्ने अधिकार हुने छैन । पूर्ण वा आंशिक रूपमा पुरस्कारको लागि कुनै विकल्प प्रस्ताव गरिने छैन ।
9.प्रतियोगितामा नेपालमा बसोबास गर्ने नेपाली नागरिकले मात्र भाग लिन पाउनेछन् ।
10.यो प्रतियोगिता सञ्चालन गर्ने सम्पूर्ण अधिकार भायनेट कम्युनिकेसन्समा सुरक्षित छ र कम्पनिको निर्णय अन्तिम र अपरिवर्तनीय रहनेछ ।
11.कुनै विवाद भएमा, भायनेटले प्रतियोगिताको सम्पुर्ण निर्णयको अधिकारहरू राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्