लागु औषधसहित दुई पक्राउ

<span class='c1'>लागु औषधसहित</span> <span class='c2'>दुई पक्राउ</span>

सप्तरी । सप्तरीको राजगढ गाउँपालिका–६ बनैनिया बरदाही जाने भित्रि सडक खण्डबाट प्रहरीले आज ठूलो परिमाणमा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

सप्तरीको विष्णुपुर गाउँपालिका–४ का २३ वर्षीय श्यामकुमार यादव र तिलाठी कोईलाडी गाउँपालिका–८ का २० वर्षीय परमानन्द महतोलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

उनीहरूका साथबाट ४०८ क्याप्सुल एपिएम प्रोक्सिभन, चार बोतल डाइलेक्स डिसी र चार ट्याब्लेट नाइट्राभेट–१० बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

पक्राउ परेका आरोपित लागु औषधसहित भारतबाट नेपालतर्फ साइकलमा आइरहेका बेला पक्राउ परेका हुन् । बनैनिया बरदाही जाने भित्रि सडक खण्डमा गस्तीमा खटिएको प्रहरी टोलीले जाँच गर्दा साइकल चालक यादवले बोकेको कालो रङको झोलाभित्र अवैध लागु औषध फेलापरेको प्रहरीले जनाएको छ । प्रहरीले साइकल पछाडि सवार महतोसमेतलाई नियन्त्रणमा लिएको छ । पक्राउ दुवै जनालाई लागु औषध शीर्षकमा उजुरी दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको प्रनाउ काफ्लेले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्