लिनिङ्ग पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु

लिनिङ्ग पुष्पलाल स्मृती ब्याडमिन्टन सुरु

राष्ट्रिय ब्याडमिन्टन संघ र नखिपोट युथ क्लबको संयुक्त आयोजनमा भएको लिनिङ्ग ११ औं पुष्पलाल स्मृती ¥याङ्किङ्ग राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता मंगलबारदेखि सुरु भएको छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा ललितपुरस्थित नखिपोट कभर्डहलमा भएको प्रतियोगिताको संघिय साँसद एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले एक कार्यक्रमकाविच पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरे ।

प्रतियोगिताको उद्घाटन गर्दै साँसद श्रेष्ठले ब्याडमिन्टन खेलले राष्ट्रको सम्मान उच्च राख्न सफल भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरे । साथै उनले प्रिन्स दाहाल र रशिला महर्जनलाई बिश्व ब्याडमिन्टनको उच्च स्थानमा पुग्न सफल भएकोमा बधाई ब्यक्त गरे ।

प्रिन्स र रशिला सम्मानित
सोही कार्यक्रममा हालै बिश्व ब्याडमिन्टनको जुनियर तर्फ नम्बर १ हुन सफल प्रिन्स दाहाल र महिला युगल तर्फ नम्बर ७ मा उक्लिन सफल रशिला महर्जनलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । साथै उनीहरुलाई नगद ८ हजार ५ सय पनि प्रदान गरिएको थियो । यस्तै सोहीक्रममा प्रमुख अतिथी तथा अतिथीलाई पनि सम्मान पत्रबाट सम्मान गरिएको थियो ।

महिला तर्फको क्वाटरफाईनल समिकरण पुरा
नेपाल ब्याडमिन्टन संघको १२ औं बरियतामा रहेका महिला खेलाडीविच भएको प्रतिस्पर्धामा नम्बर एक खेलाडी नङ्गशल तामाङ्ग समूह ए मा आफ्ना दुवै खेलमा जित हात पार्दै क्वाटरफाईनलमा स्थान बनाउन सफल भईन् । भोजपुरकी तामाङ्गले पहिलो खेलमा एपिएफकी सुनयना मुखियालाई २१–१३, २१–८ले र दोश्रो खेलमा सेनाकी रोज पाण्डेलाई २१–१०, २१–१४ ले पराजित गर्दै लिगमा पहिलो स्थानका साथ क्वाटरफाईनल प्रवेश गरेकी हुन् । यस्तै राष्ट्रिय च्याम्पियन रशिला महर्जनले पनि आफ्नो दुवै खेलमा जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेकी हुन् । सेनाकी उनले समूह सीको पहिलो खेलमा एपिएफकी जेशिका गुरुङ्गलाई २१–१५, २१–१६ ले र दोश्रो खेलमा फिलेट नेपालकी तारा आले मगरलाई २१–७, २१–७ को समान अन्तरले पराजित गरेकी हुन् । जेशिका पुष्पलाल स्मृती ब्याडमिन्टनकी १० औं संस्करणकी बिजेता हुन् । सेनाकी अमिता गिरी पनि समूह बि को बिजेताको रुपमा अन्तिम ८ मा स्थान पक्का गर्न सफल भईन् । उनले पहिलो खेलमा फिलेट नेपालकी मनिषा खड्का माथि २१–७, २१–७ र सेनाकी प्राथना देउवा माथि १९–२१, २१–१६, २१–१७ को जित निकालिन् । यसै गरि सेनाकी अनुमाया राईले पनि समूह डी मा दुवै जित हात पार्दै क्वाटरमा स्थान पक्का गरिन् । राईले पहिलो खेलमा एपिएफकी शोभा गौचनमाथि २१–१२, २१–१४ र पुलिसकी निता लम्सालमाथि २१–१४, २३–२१ को जित निकालिन् ।
यसै गरि समूह ए मा एपिएफकी सुनैना मुखियाले सेनाकी रोज पाण्डेलाई २१–५, २१–१५ ले पराजित गर्दै उपबिजेतको रुपमा अन्तिम ८ मा स्थान बनाउन सफल भईन् । समूह बीमा सेनाकी प्राथना देउवाले पनि अन्तिम ८ मा स्थान पक्का गरिन् । उनले फिलेटकी मनिषा खड्कालाई २१–६, २१–५ले पराजित गरिन् । समूह सीबाट उपबिजेताको रुपमा एपिएफकी जेशिका गुरुङ्ग क्वाटरफाईनलमा प्रवेश गरिन् । उनले फिलेट नेपालकी तारा आले मगरलाई २१–११, २१–१४ ले पराजित गरिन् । समूह डी तर्फ पुलिसकी निता लम्सालले जित हात पार्दै उपबिजेताको रुपमा अन्तिम ८ मा स्थान बनाईन् । निताले एपिएफकी शोभा गौचनलाई २१–१७, २१–१५ ले पराजित गरिन् ।

पुरुषको उच्च १६ बरिता प्राप्तको एकल प्रतिस्पर्धामा एपिएफका दीपेश धामीले समूह ए मा दुई खेलमा जित हात पारे । उनले पहिलो खेलमा सेनामा प्रफुल महर्जनलाई २१–१५, १८–२१, २१–१४ ले र दोश्रो खेलमा बाँकेका ईरफान अन्सारीलाई २१–८, २१–१२ले पराजित गरे । सोही समूहमा सुनिल जोशीले एक जित र एक हार बेहोरो । पुलिसका उनले पहिलो खेलमा बाँकेका ईरफान अन्सारीलाई २१–१५, २१–१४ ले पराजित गरे भने दोश्रो खेलमा सेनाका प्रफुल महर्जन संग २१–१३, २१–१५ ले पराजित भए । समूह बिको खेलमा सेनाका नविन श्रेष्ठले दुवै खेल जिते । उनले पहिलो खेलमा एपिएफका साजन कृष्णा ताम्राकारलाई २१–१५, ९–२१, २१–५ ले र दोश्रो खेलमा पुलिसका जीवन आचार्यलाई २१–७, २१–१५ ले पराजित गरे । सोही समूहमा एपिएफका साजन कृष्ण ताम्रकारले र पुलिसका जीवन आचार्यले एक एक खेल जिते । ताम्रकारले एपिएफका देवराज रानालाई १९–२१, २२–२०, २१–१६ ले तथा आचार्यले पनि देवराजलाईनै २१–१७, २१–१८ ले पराजित गरे । समूह सीको खेलमा एपिएफका बिजित थापा मगरले दुई जित निकाले । उनले पहिलो खेलमा बाँकेका बिलाल बारिसलाई २१–९, २१–१० र धातुका सुदीप सेढाईलाई २१–१४, २१–१७ ले हराए । सुदीपले आफ्नो पहिलो खेलमा पुलिसका दीपक बोहरालाई २१–१९, २१–१७ ले तथा बोहराले बाँकेका बिलाल वारिसलाई २१–५, २१–१५ ले पराजित गरे । समूह डीको खेलमा १० औं संस्करणका बिजेता रिभाईभका प्रिन्स दाहाल र सेनाका रुकेश महर्जनले दुवै खेलमा जित निकाले । प्रिन्सले पहिलो खेलमा पुलिसका बिष्णु कटुवाललाई २१–९, २१–१०ले तथा एपिएफका निराजन देवकोटालाई २१–४, २१–९ ले पराजित गरे । यस्तै रुकेशले पहिलो खेलमा निराजन देवकोटालाई २१–१०, २१–८ ले तथा दोश्रो खेलमा पुलिसका बिष्णुलाई २१–१३, २१–१२ ले पराजित गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्