ऋचा शर्माले अभिनय गरेको चलचित्र ‘कौसीद’को पोस्टर सार्वजनिक

ऋचा शर्माले अभिनय गरेको चलचित्र ‘कौसीद’को पोस्टर सार्वजनिक

ऋचा शर्माले अभिनय गरेको चलचित्र ‘कौसीद’को पोस्टर सार्वजनिक भएको छ । सँगै प्रदर्शन मिति घोषणा भएको छ । सोमबार सार्वजनिक पोस्टरमा अभिनेत्री ऋचा पैसाका बिटो अंगाल्दै गरेको देख्न सकिन्छ ।

रिलिज पोस्टरका चलचित्रको रिलिज मिती जेठ २७ (जुन १०) लाई तोकिएको छ  । हालसम्म उक्त मितिमा प्रदर्शन तोकेको यो पहिलो नेपाली फिल्म हो ।

ऋणको प्रभावमा परेको परिवारको कथा बोल्ने चलचित्र पैसाकै वरिपरि घुम्ने अनुमान पोस्टरबाट लगाउन सकिन्छ ।

कुमार भास्करको निर्देशनमा बनेको चलचित्रमा ऋचासँगै भोलाराज सापकोटा, रूपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भीक भट्टराई र सागर भट्टराई मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्