आगामी स्थानीय तह निर्वाचनबारे जानकारी दिन ११०२ नम्बर खुला गर्ने तयारी

आगामी स्थानीय तह निर्वाचनबारे जानकारी दिन ११०२ नम्बर खुला गर्ने तयारी

काठमाडौं, चैत्र ९ , आगामी स्थानीय तह निर्वाचनबारे जानकारी दिने उद्धेश्यले निर्वाचन आयोगले कल सेन्टर स्थापना गर्ने भएको छ । आयोगले ११०२ नम्बर खुला गर्ने तयारी गरेको हो ।

कल सेन्टर स्थापनाका लागि काम भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनले सो नम्बरमा फोन गरेर आगामी चुनावका बारेमा जिज्ञासा तथा प्रश्न सोध्न सकिने बताए । कल सेन्टरमा ६ वटा डेस्क राखिने र एकैपटक १५ वटा फोन उठाउन सकिने ब्यवस्था गर्न लागिएको छ ।

कल सेन्टरको नम्बरमा फोन गरेर मतदाता तथा राजनीतिक दलका नेता÷कार्यकर्ताले सूचना जानकारी लिन सक्ने तथा आचार संहिता उल्लंघनका घटनामा उजुरी दिन सक्ने आयोगको भनाइ छ । यस्तै आयोगले स्थानीय तहको निर्वाचनमा मतदान गर्न आग्रह गरिएको मोबाइल रिङटोन बजाउने तयारी समेत गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्