सप्तरीमा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु, दुई घाइते

<span class='c1'>सप्तरीमा ट्याक्टर पल्टिँदा एकजनाको</span> <span class='c2'>मृत्यु, दुई घाइते</span>

सप्तरीको रुपनी गाउँपालिका–५, मुसहरनिय बसबिटीमा ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । दुईजना घाइते छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका चालक स्थानीय २८ वर्षीय रवीन्द्र यादवलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार स्थानीय ७१ वर्षीय भरत यादव र उनका १७ वर्षीय नाति सुभाषकुमार यादवको रुपनीस्थित युनिक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

खाडो खोलाको डिलबाट गहुँ लोड गरी बसबिटी गाउँतर्फ आउँदै गरेको स१त ५१ ५४ नम्बरको ट्याक्टर गए राति करिब साढे १० बजे नियन्त्रण गुमाएर पल्टिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्