मारिया किड्स मन्टेश्वरी स्कूलले मन्टेश्वरी शिक्षामा फड्को मार्दै

मारिया किड्स मन्टेश्वरी स्कूलले मन्टेश्वरी शिक्षामा फड्को मार्दै

विराटनगर । बुढीगंगा १ मोरङस्थित मारिया किड्स मन्टेश्वरी स्कूल बिधार्थी तथा अभिभावकहरुको लागि उक्त क्षेत्रमा मन्टेश्वरी शिक्षामा राम्रो छाप छाड्दै आएको छ ।

२०७३ सालमा स्थापना भएको उक्त स्कुलमा दक्ष तथा अनुभवी शिक्षकहरुबाट अध्ययन अध्यापन गराउँदै आइरहेको छ । उचित हेरचाहका साथ बालबालिकाको पठनपाठनमा मन्टेश्वरी विधि तथा पद्धति अंगाल्नुका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत नृत्य, सङ्गीत, योगा मेडिटेसन, नाटक लगायतका छुट्टाछुट्टै कक्षाहरु सञ्चालन गर्दै आएको विद्यालयका प्रिन्सिपल मनिष पोखरेलले बताए ।

साथै स्कुलले बिभिन्न समयमा विद्यार्थीहरुका लागि स्वास्थ्य, खेल लगायतका कार्यक्रम गर्दै आएको र बदलिदो  युग बमोजिमको शिक्षा प्रदान गराउन विद्यालय हर्दम तयार रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जि.पि. चुडालले जानकरी दिए।

स्कुलमा  शैक्षिक सत्र २०७९ सालका लागि नि:शुल्क भर्ना खुल्ला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्