एमालेबाट विराटनगर उपप्रमुख पदकी उम्मेदवार कार्कीविरुद्ध छानबिन सुरु

एमालेबाट विराटनगर उपप्रमुख पदकी उम्मेदवार कार्कीविरुद्ध छानबिन सुरु

विराटनगर । नेकपा (एमाले) बाट विराटनगरको उपप्रमुख पदकी उम्मेदवार शिल्पा निराला (कार्की) विरुद्ध परेको उजुरी उपरको छानबिन सुरु भएको छ ।

कोशी अस्पताल विकास समितिको सदस्य पदमा रही महानगरको उपप्रमुख पदमा उम्मेदवारी दिएको भन्दै मङ्गलबार परेको उजुरी उपर मुख्य निर्वाचन अधिकृतको कार्यालयले छानबिन सुरु गरेको हो । मङ्गलबार जसपा विराटनगर महानगर कमिटीका अध्यक्ष एवं सत्ता गठबन्धनबाट उपप्रमुख पदका उम्मेदवार समेत रहेका अमरेन्द्र यादवले कार्की विरुद्ध लिखित उजुरी गरेका थिए । उनीमाथि कोशी अस्पताल विकास समितिको सदस्य रहँदारहँदै आसन्न स्थानीय तहको निर्वाचनमा विराटनगरको उपप्रमुख पदमा उम्मेदवारी दिएको आरोप छ ।

उजुरी परेपछि हाल मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्कीलाई ‘उनको उम्मेदवारी खारेज किन नहुनुपर्ने हो ?’ बिषयको जवाफ सहित कार्यालयमा उपस्थित हुन आदेश गरेको छ । उनी उपस्थित भईसकेपछि आवश्यक सोधपुछ सहितको प्रक्रिया सुरु गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए ।

यो पनि पढ्नुहोस : विराटनगर उप–प्रमुख पदकी उम्मेदवार कार्कीविरुद्ध उजुरी

‘स्थानीय तह निर्वाचन निर्देशिका–२०७९’ अनुसार सरकारी कोषबाट पारिश्रमिक वा आर्थिक सुविधा पाउने गरि कुनै लाभको पद धारण गरेको व्यक्ति निर्वाचनमा उम्मेदवार उठ्न पाउँदैन् । उम्मेदवारीका लागि त्यस्ता व्यक्तिले उक्त पदबाट राजिनामा दिनुपर्छ । तर, महानगरको उपप्रमुख पदको उम्मेदवार रहेकी कार्कीले उक्त निर्देशिकाको हित विपरित सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएकी थिईन् ।

कोशी अस्पताल विकास समितिको सदस्य पदमा कार्यरत कार्कीले ‘अस्पताल विकास समिती गठन आदेश–२०७६’ बमोजिम प्रदान गरिने सम्पुर्ण सेवा सुविधा समेत बुझ्दै आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार बैठक र कार्यालयको कामको शिलशिलामा अन्यत्र जानुपरेमा कार्कीले भ्रमण भत्ता बुझ्दै आईरहेकी थिईन् ।

यो पनि पढ्नुहोस : नियमित बैठक र भ्रमण भत्ता बुझ्छिन विराटनगर उपप्रमुख पदकी उम्मेदवार कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्