‘कबड्डी-४’ को ट्रेलर सार्वजनिक , जेठ १३ गते रिलिज हुने

‘कबड्डी-४’ को ट्रेलर सार्वजनिक , जेठ १३ गते रिलिज हुने

विराटनगर । नेपाली कथानक चलचित्र 'कबड्डी-४' को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रको ट्रेलर बुधबार दिउँसो करिब ४ बजे सार्वजनिक भएको हो ।

कबड्डी-४ को रिलिज डेट परिवर्तन भएको छ । अब 'कबड्डी ४' दर्शकले जेठ १३ गते हेर्न पाउनेछन् । वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएका कारण पूर्व निर्धारित मितिमा चलचित्र प्रदर्शन गर्न नसकिएको निर्देशक रामबाबु गुरुङले जानकारी दिनुभयो ।

रामबाबुले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल, दयाहाङ राई, मिरुना मगरलगायत कलाकार मुख्य भूमिकामा छन् ।

बुधबार दिउँसो सार्वजनिक भएको उक्त ट्रेलर हालसम्म भने ९० हजार बढी दर्शकले हेरिसकेका छन् ।

भिडियो हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्