काठमाडौं । सत्ता गठबन्धनमा आवद्ध पाँच दलको बैठक सम्पन्न भएको छ । सत्तारुढ गठबन्धनले स्थानीय निर्वाचनका सन्दर्भमा उम्मेदवारीसँग र तालमेलसँग सम्बन्धित विषयमा तीन वटा निर्णय गरेको छ । शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि संयुक्त जारी विज्ञप्तिमा ६ महानगर र ११ उपमहानगरपालिकामा प्रमुख, उपप्रमुखमा गठबन्धनको सहमति विपरित भएको उमेदवारी तत्कालन फिर्ता लिने निर्णय गरेको छ ।
पाँच दलीय गठबन्धनबीच भएको सहमति विपरीत विभिन्न दलका प्रतिनिधिहरुले स्वतन्त्र रुपमा दर्ता गरेका उम्मेदवारी तत्काल फिर्ता गर्ने निर्णय पनि भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले गठबन्धन बाहिरको तालमेल खारेज नगरे सम्बन्धित दलले तत्काल कारबाही गर्ने पनि पाँच दलबीच सहमति भएको छ ।