अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

अवैध लागूऔषध सहित पक्राउ तथा बरामद

चितवन । राप्ती नगरपालिका-१ परेवाकोटबाट करिब ७० केजी अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-३ धमिलि बस्ने २६ वर्षीय सुजन प्रजालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथर र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले प्रजालाई बोरामा बोकेर ल्याउँदै गरेको उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, भिमदत्त नगरपालिका-३ तिलकपुर बस्ने २९ वर्षीय टिकेन्द्र चौधरीलाई करिब २ ग्राम ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।

सप्तरी, बोदेबर्साइन नगरपालिका-९ देउरी बस्ने १९ वर्षीय शंकर यादवलाई नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार २ सय ५० ट्याब्लेट, डाईजेपाम ७ सय ५० एम्पुल, फेनारगन ७ सय ५० एम्पुल र नुर्फिन ७ सय ५० एम्पुल सहित बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरीले यादवलाई निजकै घर कोठामा लुकाई छिपाई राखेको उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

महोत्तरी, बर्दिबास नगरपालिका-५ स्थित जंगलबाट प्रदेश २-०२-००१ प ९४४८ नम्बरको मोटरसाइकल र करिब ५ केजी अवैध लागूऔषध गाँजा बिहीबार राति प्रहरीले बरामद गरेको छ । बर्दिबास नगरपालिका-१० स्थित टुटेश्वर खोलामा प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त मोटरसाइकल नरोकी भाग्ने क्रममा उक्त स्थानमा उक्त मोटरसाइकल र लागूऔषध भएको झोला छोडी मानिस फरार भएपछि प्रहरीले उक्त लागूऔषध र मोटरसाइकल बरामद गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्