स्याङ्जामा ९२ जनाले फिर्ता लिए उम्मेदवारी

स्याङ्जामा ९२ जनाले फिर्ता लिए उम्मेदवारी

स्याङ्जा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्ता गराएकामध्ये ९२ जनाले फिर्ता लिएका छन् ।

पाँच नगरपालिका र छ गाउँपालिकामा ५०७ स्थानीय जनप्रतिनिधिका लागि एक हजार ५४७ ले उम्मेदवारी दर्ता गराएकामध्ये ९२ ले फिर्ता लिएका हुन् ।

निर्वाचनको कार्यतालिका अनुसार शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकेसँगै प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्य गरी कूल ९२ ले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले जानकारी दिए ।

प्रमुख/अध्यक्षमा १४, उपप्रमुख÷उपाध्यक्षमा तीन, वडाध्यक्षमा २० र खुला, महिला र दलित सदस्यमा गरी विभिन्न राजनीतिक दल तथा स्वतन्त्रबाट ५५ ले उम्मेदवारी फिर्ता लिएका हुन् । वालिङ नगर प्रमुखमा दुई, उपप्रमुखमा एक, वडाध्यक्षमा छ र सदस्यमा १३ गरी कूल २२ ले उम्मेदवारी फिर्ता लिएको वालिङ नगरका निर्वाचन अधिकृत उदवीर नेपालीले जानकारी दिए ।

त्यस्तै पुतलीबजार नगर प्रमुखमा तीन, वडाध्यक्षमा छ र अन्य सदस्यमा नौ गरी १८, गल्याङ नगर प्रमुखमा एक, वडाध्यक्षमा दुई र महिला सदस्य एक गरी चारले उम्मेदवारी फिर्ता लिएका हुन् । चापाकोट नगर प्रमुखमा दुई, उपप्रमुखमा एक, सदस्यमा दुई गरी चार, भीरकोट नगर प्रमुखमा एक, उपप्रमुखमा एक, वडाध्यक्षमा तीन, सदस्यमा छ गरी ११ ले फिर्ता लिएको जनाइएको छ ।

आँधिखोला गाउँपालिकाको अध्यक्षमा दुई, वडाध्यक्षमा एक, खुला सदस्य दुई र महिला सदस्य दुई गरी सातले उम्मेदवारी फिर्ता लिएका छन् भने बिरुवा गाउँपालिकामा एक राप्रपाका खुला सदस्यले उम्मेदवारी फिर्ता लिनुभएको छ । फेदीखोला गाउँपालिकाको अध्यक्षमा एक, वडाध्यक्षमा दुई गरी तीनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

अर्जुनचौपारी गाउँपालिकाका अध्यक्षमा एक महिला र एक पुरुष गरी दुई र एक महिला सदस्य गरी तीनले उम्मेदवारी फिर्ता लिएका हुन् । जिल्लाको कालीगण्डकी र हरिनाश गाउँपालिकामा भने कुनै पनि उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्