देशका विभिन्न भागमा आज पनि वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सातवटै प्रदेशका विभिन्न भागमा पानी पर्नेछ ।
प्रदेश नम्बर-१, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
आज राति प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । विभागका अनुसार प्रदेश १, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू-भागसम्म बनेको न्यूनचापीय प्रणाली तथा पश्चिमी वायुको प्रभाव रहेको छ।
सोमबारसम्म हल्का वर्षा र मौसममा बदली हुने मौसमविद् मञ्जु बासीको भनाइ छ । मंगलबारबाट मौसम खुल्ने उनले जानकारी दिइन् ।