निर्वाचन आयोगको टिकटक च्यालेन्ज , ५० हजार सम्म पुरस्कार पाइने

<span class='c1'>निर्वाचन आयोगको टिकटक च्यालेन्ज ,</span> <span class='c2'>५० हजार सम्म पुरस्कार पाइने</span>

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको सन्देशमूलक भिडियो प्रचार गर्नेसम्बन्धी प्रतियोगिता आयोजना गरेको छ । एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराइएको हो ।

प्रतियोगिताअन्तर्गत आयोगले तयार पारेका सन्देशमूलक भिडियोहरूलाई टिकटक बनाई सामाजिक सञ्जालमा पोस्ट गर्नुपर्नेछ । यस्तै, पहिलेकै स्वरूपमा पनि सामाजिक सञ्जालमा पोस्ट गर्न सकिनेछ । आयोगले तयार पारेका भिडियोहरू आयोगका सामाजिक सञ्जालमा अपलोड गरिएको छ ।

त्यसरी पोस्ट/सेयर गरेर बीस लाखभन्दा बढी भ्युअर पुर्‍याउने व्यक्ति वा संस्थाले पुरस्कार जित्नेछन् । ५० लाख वा त्योभन्दा बढी भ्युअर पुर्‍याउनेले ५० हजार, ३० लाख वा त्योभन्दा बढी भ्युअर पुर्‍याउनेले ३० हजार र २० लाख वा त्योभन्दा बढी भ्युअर पुर्‍याउनेले २० हजार रुपैयाँ पुरस्कार जित्ने आयोगले जनाएको छ ।

त्यस्ता भिडियो यही वैशाख २९ गतेभित्र सामाजिक सञ्जालमा पोस्ट/सेयर गरिसक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्