मोटरसाइकल चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ

<span class='c1'>मोटरसाइकल चोरीमा संलग्न</span> <span class='c2'>रहेको अभियोगमा पक्राउ</span>

पर्सा । वीरगञ्ज महानगरपालिका-५ कुम्हाल टोल बस्ने ६२ वर्षीय हिमाल गौतमको ना.६४ प ९६०० नम्बरको मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-१० रानीघाट ठेगाना भएका १८ वर्षीय किशोर र रौतहट राजदेवी नगरपालिका-७ ठेगाना भएका १८ वर्षीय किशोर रहेका छन् । आफ्नै घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा उक्त मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शिवपार्वतीबाट खटिएको प्रहरीले उनीहरूलाई मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यसैगरी ठोरी गाउँपालिका-१ बस्ने ४० वर्षीय शिवशंकर मण्डलको बा.प्र.०३ प ५३०४ नम्बरको मोटरसाइकल चोरी गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय निरज सुनुवारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा लक तोडी मोटरसाइकल चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उक्त मोटरसाइकल सुनुवारको घरमा त्रिपाल र प्लाष्टिकले छोपी लुकाइ छिपाई राखेको अवस्थामा फेला पारी चोरीमा संलग्न सुनुवारलाई पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्