मतदाता शिक्षा : कसरी हाल्ने मत ?

<span class='c1'>मतदाता शिक्षा : कसरी</span> <span class='c2'>हाल्ने मत ?</span>

यही वैशाख ३० गते देशभर एकैसाथ स्थानीय तह सदस्य निर्वाचन हुँदैछ । ७५३ वटै पालिकामा मतदाताले आफ्ना जनप्रतिनिधि चयन गर्नेछन् । मतदान गर्दा विभिन्न कुरामा ध्यान पुर्‍याउनुपर्ने हुन्छ । सानो त्रुटिले पनि मत बदर हुनसक्छ । निर्वाचनले आयोगले मत बदर हुन नदिन केही विषयमा सचेत रहनुपर्ने जनाएको छ ।

मत बदर हुने अवस्था यस्तो छ : 
१. सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको,
२. औँठाछाप लगाई वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाई मत संकेत गरिएको,
३. मत संकेत चिह्न नबुझिने गरी लतपतिएको वा च्यातिएको,
४. उमेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत संकेत नगरी अन्यत्र मत संकेत गरिएको,
५. उमेदवार नरहेको निर्वाचन चिह्नमा मात्र मत संकेत गरिएको
६. कुनै पनि उमेदवारको निवाचन चिह्नमा मत संकेत नगरिएको,
७. निर्वाचित गर्नुपर्ने संख्याभन्दा बढी उमेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत संकेत गरिएको,
८. मत संकेत नगरी मतदान अधिकृतलाई फिर्ता दिइएको,
९. आयोगद्वारा निर्धारित मतपत्र बाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको,
१०. मतपेटिकाभन्दा बाहिर राखिएको,
११. जाली मतपत्र ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्