ताप्लेजुङमा १० जना उमेदवार निर्विरोध निर्वाचित

ताप्लेजुङमा १० जना उमेदवार निर्विरोध निर्वाचित

फुङ्लिङ । आसन्न स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा १० जना उमेदवार निर्विरोध निर्वाचित भएका छन् । उनीहरूको विरुद्धमा उमेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उमेदवारी समेत फिर्ता भएसँगै निर्विरोध भएको बताइएको छ ।

हिमाली बस्ती फक्ताङलुङ गाउँपालिका–७ मा वडाध्यक्षसहित पाँचजना निर्विरोध निर्वाचित भएका छन् । पछिल्लो समय निर्विरोध हुनेमा एक महिला सदस्य र चार दलित महिला सदस्यसहित १० जना रहेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

नेपाली कांग्रेसबाट तीनजना उमेदवार निर्विरोध निर्वाचित भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट एकजना र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट एकजना उम्मेदवार निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै, ओलाङचुङगोलामा भने वडाध्यक्षसहित पाँच स्वतन्त्र उमेदवार निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार फुङ्लिङ नगरपालिका–५ मा एमालेबाट उमेदवारी दिएकी महिला सदस्य गंगा दर्नाल निर्विरोध भएकी छन् । कांग्रेसबाट सिरिजंगा गाउँपालिका–८ र मिक्वाखोला गाउँपालिका–३, मा दलित महिला सदस्यमा उमेदवारी दिएका क्रमशः सीतादेवी सार्की र लक्ष्मीमाया विक निर्विरोध भएका छन् ।

यस्तै, फताङ्लुङ गाउँपालिका–६ मा कांग्रेसबाट उमेदवारी दिएकी मञ्जु कामी पनि निर्विरोध भएकी छन् ।

यस्तै, मिक्वाखोला–५ मा माओवादीबाट उमेदवारी दिएकी सरिता गहते दलित महिला सदस्यमा निर्विरोध भएकी जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपीन दुलालले बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्