विदेशी पर्यटक आउने क्रम बढ्दै, अप्रिल महिनामा ५८ हजार बढी पर्यटक नेपाल आए

विदेशी पर्यटक आउने क्रम बढ्दै, अप्रिल महिनामा ५८ हजार बढी पर्यटक नेपाल आए

कोभिड १९ को महामारी पछी नेपालमा पनि विदेशी पर्यटक आउने क्रम बढ्न थालेको छ ।

सन् २०२२ को अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा १५९.९० प्रतिशतले बढी हो । सन् २०२१ को अप्रिल महिनामा केवल २२ हजार ४ सय ५० जना पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुसार यस अवधिमा २२ हजार ४ सय ७७ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । मार्चमा ४२ हजार ६ जना पर्यटक नेपाल आएका थिए ।

बोर्डका अनुुसार सन् २०२२ मा हालसम्म १ लाख ३७ हजार ९५ जना विदेशीले नेपाल भ्रमण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्