आईपीएल : कोलकाताको चौथो जित, राजस्थान रोयल्सलाई ७ विकेटले हरायो

आईपीएल : कोलकाताको चौथो जित, राजस्थान रोयल्सलाई ७ विकेटले हरायो

नितेश राना र रिन्कु सिंहले अविजित ६६ रनको साझेदारी गरेपछि कोलकाता नाइट राइडर्सले सोमबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ ।

मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याईको राजस्थानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १५२ रन बनाएको थियो । १५३ रनको लक्ष्य कोलकाताले १९.१ ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

दश खेलेको कोलाताको यो चौथो जित हो । आठ अंक जोडेको कोलकाता सातौं स्थानमा छ । पराजित राजस्थानले १२ अंकका साथ तेस्रो स्थानमा छ ।

राजस्थानका कप्तान सञ्जु सामसनले ५४ रन बनाए । जोस बट्लरले २२, करुण नायरले १३ र रियान परागले १९ रन बनाउँदा सिमरोन हेटमेयरले २७ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

कोलकाताका टिम साउथीले दुई विकेट लिँदा उमेश यादव, अनुकुल रोय र शिबम माभीले एक एक विकेट लिए ।

१५३ रनको लक्ष्य पूरा गर्ने क्रममा कोलकाताका श्रेयस ऐयरले ३४ र बाबा इन्द्रजितले १५ रन बनाउँदा निनिश रानाले अविजित ४८ र रिन्कु सिंहले अविजित ४२ रन बनाए । रिन्कु र रानाले चौथो विकेटका लागि ६६ रनको अविजित साझेदारी गरेका थिए ।

राजस्थानका टे«न्ट बोल्ट, कुलदीप सेन र प्रशिद्ध कृष्णाले एकएक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्