निर्वाचनमा रोल्पामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

निर्वाचनमा रोल्पामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

रोल्पा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि रोल्पामा नेपाली सेनाले १३ ठाउँमा क्याम्प स्थापना गरेको छ । दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन् ।

नेपाली सेनाको बटुक दल गण रोल्पाका गणपति प्रमुख सेनानी मणि थापाले स्थानीय निर्वाचनका लागि १३ ठाउँमा क्याम्प स्थापना गरेर सबै सुरक्षा तयारी गरिएको जानकारी दिए । उनले भने, “हामीले सबै मतदानस्थलको सुरक्षा अवस्थाबारे अध्ययन गरिसकेका छौँ, अहिले नियमित पेट्रोलिङ गर्ने र थप सुरक्षा अवस्थाबारे जानकारी लिनेक्रम चलिरहेको छ ।”

प्रमुख सेनानी थापाका अनुसार माडीचौर, खुमेल, सुलीचौर, पोबाङ, थबाङ, परिवर्तन गाउँपालिका, गङ्गादेवको सुक्खा ओडार, त्रिवेणीको जुगार, दहवन, उघालगायत ठाउँमा निर्वाचन सुरक्षाका लागि सेनाको क्याम्प स्थापना गरिएको छ । प्रमुख सेनानी थापाले रोल्पामा बम डिस्पोजलको टोली आएको जानकारी दिए । रोल्पामा ४५० नेपाली सेना, ४९९ नेपाल प्रहरी, ३११ सशस्त्र प्रहरी र ८३३ म्यादी प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए । उनले निर्वाचन सुरक्षाका लागि वैशाख २ गतेदेखि नै सुरक्षा निकाय परिचालन भएको बताए ।

रोल्पामा ७१ हजार ९३४ पुरुष र ७३ हजार ५१० महिला गरेर एक लाख ४५ हजार ४४४ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी ध्रिताकुमारी खत्रीले जानकारी दिए । रोल्पामा स्वतन्त्रसहित एक हजार १३० उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।

फोटो:फाईल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्